१० चैत्र २०८२, मंगलबार | March 25, 2026

कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टले देशलाई अस्थिरतामा लैजान खोजे : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टहरुले देशलाई अस्थिरतार्फत लैजान खोजेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा २ नं. प्रदेशका नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्तवाद र साम्राज्यवादका एजेन्टहरुले पार्टीभित्र घुसेर देशलाई नै अप्ठेरोमा पार्न खोजेको आरोप लगाएका हुन् । संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति आक्रमक बन्दै आएका प्रचण्डले पार्टीमा घुसेका एजेन्टहरुले अग्रगामी संविधानलाई च्यातचुत पारेको भन्दै त्यसविरुद्ध ठूलो संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।

रोमानियाका तत्कालिन कम्युनिष्ट नेता एवं राष्ट्रपति निकोलाई चाउचेस्कुसँग ओलीलाई तुलना गर्दै प्रचण्डले ओलीको अन्त्य पनि चाउचेस्कुको जसैगरी हुने ठोकुवा गरे । ओलीले संविधान, लोकतन्त्रलाई च्यातच्युत पारेको आरोप लगाउँदै संविधान भत्काउने दुस्साहस विरुद्ध झन ठूलो क्रान्तिकारी आन्दोलन गर्ने प्रतिवद्धता जनाए ।

प्रचण्डले ओलीले देशलाई सामन्ती निरंकुशतामा लैजान खोजेको भन्दै देशलाई अराजकता र षड्यन्त्रबाट जोगाउन २ नं. प्रदेशले फेरि अग्रमोर्चामा उभिएर प्रतिरोध संघर्ष गर्ने विश्वास व्यक्त गरे । उनले मधेमा भएको वर्गसंघर्ष र किसान संघर्षको स्मरण गर्दै मधेशले ओलीको प्रतिगमन विरुद्ध निर्णायक संघर्षको नेतृत्व गर्ने बताए ।
प्रचण्डले भने ‘यो प्रतिगमनलाई हरहालतमा परास्त गर्नुपर्छ । मधेशी जनजाति, आदिवासी, महिला, किसान सबैका लागि प्रतिगमन विरुद्धको आन्दोलन जीवन मरणको प्रश्न बनेको छ ।’

प्रचण्डले काठमाडौंमा अझ ठुलो आन्दोलन गर्ने जनाए । २३ गते ओलीले पञ्च ¥याली गर्न लागेको भन्दै प्रचण्डले ओलीको भन्दा विशाल प्रदर्शन गर्ने प्रतिवद्धता जनाए । अबको प्रदर्शनले प्रतिगमनकारीको टाउकोमै प्रहार गर्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

शुक्रबारको जनप्रदर्शनमा मधेशबाट १० हजारको उपस्थिति गर्न निर्देशन दिएकोमा साढे १३ हजारको उपस्थिति भएकोमा सन्तोष व्यक्त गर्दै प्रचण्डले भने ‘अबको प्रदर्शनमा हामी २५ हजार ल्याउनुस भन्छौं । तपाईंहरुले ३० हजार भन्दा बढी जनता फेरि काठमाडौं आउनुहुनेछ । त्यसले प्रतिगमनकारीको टाउकोमै प्रहार गर्नेछ ।’

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : २९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण