७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

उपत्यकामा हराएका २४ मोटरसाईकल सवारी धनीलाई बुझाईयो



काठमाडौं । उपत्यकाका बिभिन्न स्थानबाट हराएका २४ वटा मोटरसाईकल फेला पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले गठन गरेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटाईएका ट्राफिक प्रहरीको विशेष अप्रेशन टोलीले उक्त मोटरसाईकल खोजतलास गसर फेला पारेको हो ।

काठमाडौंका बिभिन्न स्थानबाट चोरी भएका ती मोटरसाईकलहरु प्रहरी टोलीको खोजतलास गरि आज एक कार्यक्रमका बीच मोटरसाईकल धनीहरुलाई हस्तान्तरण गरेको महानगरिय ट्राफिक महाशाखाले जानकारी दिएको छ । सवारी धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका थिए ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानोबानेश्वेर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाले यस आ.व. ०७७/७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न३५जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाई सकेको छ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल