१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा



कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका-२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १ सय ४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु २ ख २१० नम्बरको ट्रक चालक भेरीगङ्गा नगरपालिका-२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन विक, १४ वर्षीय प्रदीप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डिसी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुल बहादुर वली र ३५ वर्षीय सोम बहादुर विक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छ बालक रहेका छन् ।

“अवैधरूपमा लैजाँदै गरेको १४७ थान सालको चिरान काठ नापतौल गर्दा ७७.६४ क्युफिट रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्ली बहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाइएको छ ।”

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ३४ बजे

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा