२६ आश्विन २०८३, सोमबार | October 12, 2026

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ



बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ६, नारायणपुरबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ओमसतिया गाउँपालिका वडा नं. ६ का स्थानीय २३ वर्षिय अमन कुमार धवल र सोही स्थानका २० वर्षिय सुनिल केवट रहेका छन् ।

अमनको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले अमनको घरमा रित पुर्वक खानतलासी गर्दा कटुवा पेस्तोल थान १, त्यसमा लाग्ने छर्रा २५ राउण्ड फेलापारेको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

बरामद पेस्तोल र छर्रा सहित पक्राउ गरिएका दुबैजनालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : ४८ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई