बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ६, नारायणपुरबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा ओमसतिया गाउँपालिका वडा नं. ६ का स्थानीय २३ वर्षिय अमन कुमार धवल र सोही स्थानका २० वर्षिय सुनिल केवट रहेका छन् ।
अमनको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले अमनको घरमा रित पुर्वक खानतलासी गर्दा कटुवा पेस्तोल थान १, त्यसमा लाग्ने छर्रा २५ राउण्ड फेलापारेको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
बरामद पेस्तोल र छर्रा सहित पक्राउ गरिएका दुबैजनालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
















प्रतिक्रिया