१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल नेपालको मौसममा भारतको राजस्थान र त्यस आसपासका साथै आसाम र त्यस आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका केही पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ४० बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा