२३ माघ २०८२, शुक्रबार | February 6, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरण गर्ने



बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलेशेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रदिपकुमार श्रेष्ठका अनुसार आ.व. २०७६/७७ मा तिनाउ मिसनले १० करोड ८७ लाख ८७ हजार खुद मुनाफा कमाएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण प्रस्तुत गरिएको थियो ।

साधारण सभाले आ.व. २०७६/७७को मुनाफाबाट ६ प्रतिशत बोनश शेयर वितरण गर्ने र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले १०० को अनुपातप्राप्ती गर्ने सम्वन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेको तिनाउ मिसन डेभलपमेण्टका बैंकका अध्यक्ष जिवन ओझाले जानकारी दिए । ओझाका अनुसार सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले प्राप्ती गर्ने अन्तिम सम्झौता पत्र तथा यस अघि भए गरेका सम्झौताहरुको अनुमोदन समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने सिईओ श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ३७ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा