१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सिटी हल र पुल्चोक–गोन्द्राङ सडक शिलन्यास गर्न आज प्रधानमन्त्री ओली चितवन जाँदै



काठमाडाैं । नेकपा विभाजनपछि पहिलोपटक प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर जाँदैछन । भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन ।

प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक-गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्नेछन । भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भएको छ । संघिय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।

यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ ।

यी दुवै आयोजनाको काम सुरु भइसकेको छ । यस्तै आजै भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः ३० बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभाको तयारी पुरा भएको नेकपा चितवन (ओली पक्ष)ले जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशिनाथ अधिकारीका अनुसार सहभागीले स्वास्थ्यको ख्याल गर्न र अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

 

भरतपुर महानगरपालिकाको आपत्ति

पहिल्यै शिलन्यास भएको सडक र सिटी हलको शिलन्यास गर्न  लागेर स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै भरतपुर महानगरपालिकाले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यहाँको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी, कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन् ।

पत्रकार सम्मेलनमा नगर प्रमुख दाहालले भनिन्, ‘काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो, यसमा हाम्रो गम्भीर असहमति छ, स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।’

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५४ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका