११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बागलुङमा शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास



बागलुङ । भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका-११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न एक महीना अघिबाट शुरु गरेको थियो । जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए ।

उनले बागलुङमा बुद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनर्निर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनर्निर्माण शुरु गरिएको छ ।

विसं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पु¥याएका कारण पुनर्निर्माण गर्नु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङकी प्रमुख रेणुका पाण्डेले जानकारी दिइन् ।

पाण्डेका अनुसार ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा पुनर्निर्माण थालिएको हो । ६१ लाखमध्ये प्राधिकरणले ४० लाख र २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ । रासस

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ५८ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।