१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ढकालले हात पारे द नेक्स्ट फेस लुम्बिनीको उपाधि



बुटवल । द नेक्सट फेस लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानाले हात पारेका छन । एक महिनादेखि जारी प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट मिस्टरतर्फ ढकालले उपाधि जितेका हुन भने मिसतर्फ रानाले जितेकी हुन ।

स्टाइल क्रियशनको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा सहभागी अन्य प्रतियोगीलाई पछि पार्दै द्वय ढकाल र रानाले उपाधिसँगै नगद १५ हजार र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।

उनीहरुलाई मोडलिङका लागि सो अवसर स्वाभिमान क्रियशनले अवसर दिने क्रियशनका निर्देशक तथा मोडल राजु महोत्राले बताए । विभिन्न प्रस्तुतीसँगै निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइसको उपाधि पनि जित्न सफल भए भने उनीसँगै मिसतर्फ इशिका सुबेदीले पनि भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् ।

त्यसैगरी मिस्टर मल्टीमिडियातर्फको उपाधि पनि जितेर ढकाल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका छन् । प्रतियोगितामा मिसतर्फ फ्रस्ट रनर अपको उपाधि उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ हेमा भट्टराई र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनर अपको उपाधि जितेका छन् ।

त्यसैगरी कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन् । बिनिता भण्डारी र इशिका सुबेदीलेले अर्गनाइजर च्वाइसको उपाधि जितेका छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ३९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग