२९ मंसिर २०८२, सोमबार | December 16, 2025

राजा रजौटाको साँठगाँठमा ओलीले प्रतिनिधिसभा विघटन गरे : प्रचण्ड; ओलीसँग गएका मान्छे छिट्टै फर्किन्छन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।

आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

प्रचण्डले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको जिकिर गरे ।

त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको दाबी गरे ।

ओलीले भएभरको शक्ति लगाएर आफुतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको अध्यक्ष नेपालको भनाइ छ । प्रतिनिधि पुस्थापना भए ओली पक्षका २० जना नेताहरुले आफुहरुलाई साथ दिने बचन दिएको पनि नेता नेपालले बताए ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीले गर्ने विरोध सभामा किसानहरुको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ५१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको