८ चैत्र २०८२, आइतबार | March 22, 2026

लोकतन्त्र भनेको बहुमतको शासन हो, त्यो हामीसँग छ : प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले लोकतन्त्र बहुमतको शासन भएको र त्यो आफूहरुसँग भएको बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पार्टीमा मात्रै अल्पमतमा परेको नभई संसदमा पनि उनको विरुद्ध दुई तिहाइ मत रहेको दाबी गरे ।

उनले आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि लडेको बताए। प्रधानमन्त्री ओलीले पदका लागि संविधानलाई कुल्चने काम गरेको आरोप लगाउंदै उनले आफूहरु संविधानको रक्षा कसरी गर्ने, लोकतान्त्रिक प्रणाली कसरी बचाउने होला भन्ने चिन्तामा रहेको स्पष्ट पारे ।

‘हामीले अहिले लडेको लडाईं हाम्रो हो र ? , प्रधानमन्त्री हुनका लागि लडिएको हो र ? तपाईहरुलाई त्यस्तो लागेको छ भने त्यो सत्य होइन।’ प्रचण्डले भने । उनले सबै उस्तै उस्तै हुन भनियो भने आफुहरुमाथि अन्याय हुने तर्क गरे । प्रचण्डले भने,‘म तपाई मिडिया क्षेत्रमा काम गर्नै सबै वरिष्ठ व्यक्तिहरुसँग के अनुरोध गर्दछु भने तपाईंहरुले सबै उस्तै उस्तै हुन भनिदिनुभयो हामी त ठूलो अन्यायमा पर्छौँ’।

उनले प्रधानमन्त्रीले पार्टीले दुःख दियो भन्दै हिँडेको भन्दै कहाँ दुःख दिइयो भन्ने कुरा देखाउन चुनौती दिए।

उनले मन नपर्दा नपर्दै पनि बजेट पास गराएको भन्दै पार्टीसँग सल्लाह नै नगरि आएको नीति तथा कार्यक्रम पनि पार्टीका सांसदहरुले पास गरिदिएको बताए ।

उनले ओली संघीयता र गाणतन्त्रको विरोधी भएको थाहा हुँदा हुँदै पनि विश्वास गर्नु आफूहरुको कमजोरी भएको प्रचण्डले दोहो¥याए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : १० बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।