८ चैत्र २०८२, आइतबार | March 22, 2026

आगामी बजेटमा कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज आउँछ : सञ्चामन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसकालागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघ सहित सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् । ‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनकालागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’मन्त्री गुुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझावदिन सरोकारवाला निकायलाई आग्रह समेत गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरे । उनले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको समेत बताए ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : १३ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा