८ चैत्र २०८२, आइतबार | March 22, 2026

छोरीको हत्या गर्ने धनबहादुरले आफ्नै घर जलाए



बैतडी । आफ्नै छोरीमाथी गोली प्रहार गरेर जङ्गल पसेका बैतडी पुर्चौडीका धनबहादुर महराले मध्यराती आएर आफ्नै घर आगो लगाएका छन् । छोरीको हत्या गरेर फरार रहेका ६५ वर्षीय महराले मध्यराती गाउँमा आतंक मच्चाउँदै आफ्नै घर आगो लगाएको प्रहरीले जनाएको छ ।

गोली लोड गरेको भरुवा बन्दुकसहित राती गाँउ फर्केका महराले स्थानीयलाई नजिक आए गोली हान्ने धम्की दिंदै घर पुगेर आगजनी गरेको स्थानीयले बताए ।

लोडेल भरुवा बन्दुक देखाएर गाँउलेलाई धम्काएको खबर पाउनासाथ उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएपनि पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

प्रहरी निरीक्षक धामीका अनुसार प्रहरी चौकी पुरघाटबाट १५ जनाको टोली परिचालन गरिनुका साथै थप प्रहरी टोलि पनि सो गाँउमा पठाईएको छ ।

शनिबार साँझ श्रीमतीसँग झगडा हुँदा छुट्याउन क्रममा महराले माइती आएकी २० वर्षीया बेलमती महरा धामीमाथि धनबहादुरले गोली प्रहार गरेका थिए। पिठ्युँमा गोली लागेकी बेलमतीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : ०० बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा