७ माघ २०८२, बुधबार | January 21, 2026

छोरीको हत्या गर्ने धनबहादुरले आफ्नै घर जलाए



बैतडी । आफ्नै छोरीमाथी गोली प्रहार गरेर जङ्गल पसेका बैतडी पुर्चौडीका धनबहादुर महराले मध्यराती आएर आफ्नै घर आगो लगाएका छन् । छोरीको हत्या गरेर फरार रहेका ६५ वर्षीय महराले मध्यराती गाउँमा आतंक मच्चाउँदै आफ्नै घर आगो लगाएको प्रहरीले जनाएको छ ।

गोली लोड गरेको भरुवा बन्दुकसहित राती गाँउ फर्केका महराले स्थानीयलाई नजिक आए गोली हान्ने धम्की दिंदै घर पुगेर आगजनी गरेको स्थानीयले बताए ।

लोडेल भरुवा बन्दुक देखाएर गाँउलेलाई धम्काएको खबर पाउनासाथ उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएपनि पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

प्रहरी निरीक्षक धामीका अनुसार प्रहरी चौकी पुरघाटबाट १५ जनाको टोली परिचालन गरिनुका साथै थप प्रहरी टोलि पनि सो गाँउमा पठाईएको छ ।

शनिबार साँझ श्रीमतीसँग झगडा हुँदा छुट्याउन क्रममा महराले माइती आएकी २० वर्षीया बेलमती महरा धामीमाथि धनबहादुरले गोली प्रहार गरेका थिए। पिठ्युँमा गोली लागेकी बेलमतीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : ०० बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा