१ पुस २०८२, मंगलबार | December 16, 2025

एक महिनामा नयाँ सवारी अनुमतिपत्रको फारम भर्नेको संख्या ५ लाख



काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाईन फारम भर्ने ब्यवस्था मिलाईएपछि आवेदकहरुको संख्या ठूलो संख्यामा बृद्दि भएको छ । आईतबार सम्ममा नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयमार्फत सवारी अनुमतिपत्रको परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भर्ने क्रम जारी छ ।

गत वर्षको चैतदेखि कोरोना भाइरसका कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिन स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागले जनाएको छ ।

१० महिनाको फरम बन्दको मौकामा विभागले यातायात विभागलाई डिजिटिलाईज गर्दै घरमै बसेर फारम भर्न मिल्ने ब्यवस्था गरेको छ । विभागका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी विभागले व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसबाट सुरक्षित हुँदै असारदेखि कार्यालय संचालनमा आउँदा चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा भने अवरुद्ध गरेको थियो ।

संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ भने कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज