१२ बैशाख २०८३, शनिबार | April 25, 2026

गोली प्रहार गरि आफ्नै छोरी हत्या गर्ने धनबहादुर ४ दिन पछि पक्राउ



बैतडी । आफ्नै छोरीलाई गोली हानेर हत्या गरि फरार रहेका धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले पुष्टि गरेका छन् ।

बैतडीको पुचौडी नगरपालिका १० स्थित आफ्नै घर धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरी हत्या गरेका थिए।

घटनापछि फरार धनबहादुरलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिएको हो। महरालाई पक्राउ गरेपनि उनले साथमा लिएर गएको भरुवा बन्दुक भने प्रहरीले फेला पारेको छैन । हत्या गरेको तेस्रो दिन महरा गाँउ फर्केर स्थानीयलाई धम्काउँदै आफ्नै घरमा आगजनी समेत गरेका थिए । महराले नजिक आए गोली प्रहार गर्ने भन्दै छिमेकीलाई धम्काएका थिए ।

पक्राउ परेका महरालाई ईलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ। महराविरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ०६ बजे

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको