४ पुस २०८२, शुक्रबार | December 19, 2025

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन



काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो । त्यसक्रममा प्रदर्शनकारी विद्यार्थीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नारावाजी गरेका छन् ।

अनेरास्वयूले मूल्यवृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिएको जनाएको छ । यसैगरी आजै दिउँसो नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शन गर्ने पनि अनेरास्वयूले जनाएकोछ । त्यसक्रममा मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाउने तयारी छ ।

नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएका कारण देखाउँदै एकसातामै दुई पटक डिजेल र पेट्रोलको भाउ बढाएको थियो । तर, सरकारले पेट्रोलियम पदार्थमा शतप्रतिशत कर असुली गरिरहेका कारण उपभोक्ताले मूल्यवृद्धिको मार खेप्न बाध्य बनेका छन् । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १० : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको