१ पुस २०८२, मंगलबार | December 16, 2025

डा. गोविन्द केसीको आरोप – प्रधानमन्त्री ओली शक्तिले उन्मादी बने  



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता एवं नागरिक अगुवा डा. गोविन्द केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै नागरिक स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाएका छन् ।

शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शलाई सम्बोधन गर्दै डा. केसीमा प्रधानमन्त्री शक्तिले उन्मादी बनेका कारण नागरिक स्वतन्त्रतामा प्रहार बढेको बताएका हुन् ।

केसीले आरोप लगाए, ‘ओली त शक्तिले उन्माद भएका छन् । कुर्सी हल्लिन थालिसकेपछि आफूलाई उनले संविधानभन्दा माथि आफूलाई ठानेका छन् ।’

केसीले थप भने, ‘ओलीजी प्रधानमन्त्री भएको सुरुदेखि वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विरोध गर्ने अधिकार खोसेका हुन् । उनीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको छ ।’

ओलीलाई जनताप्रति जवाफदेही र उत्तरदायी बन भनेर कसैले भने त्यो विरुद्ध साइबर सेना लगाएर आक्रमण हुने गरेको डा. केसीले बताए । सत्यतथ्य बोलेकै आधारमा अरिंगाल र साइबर सेनाको दबाबममा ओली नेतृत्वको सरकाले गिरफ्तार गर्ने गरेको उनले आरोप लगाए ।

डा. केसीले आफ्ना माग पुरा नभए फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने बताए ।  ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर संविधान नै विघटनको प्रयास गरेको भन्दै केसीले संविधानको रक्षार्थ सबै नागरिक उठ्नुपर्ने धारणा राखे ।

उनले ओली कामचलाउ भैसकेको भन्दै कामचलाउ प्रधानमन्त्रीले संवैधानिक निकायमा कसरी पदाधिकारी नियुक्त गर्न सक्छन् भन्दै प्रश्न गरे । असंवैधानिक नियुक्तिहरु रद्द नगरे आफ्नो सत्याग्रह अघि बढ्ने उनले बताए ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : ५२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज