९ चैत्र २०८२, सोमबार | March 23, 2026

अर्थमन्त्री पौडेल गृहजिल्ला आएपिच्छे शिलन्यास र उदघाटनको चाङ, चल्ने भयो बुटवल-नुवाकोट केवलकार



बुटवल । केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उदघाटन र शिलान्यासका कार्यक्रमलाई तिब्रता दिएका छन् ।

२ महिना पहिले एउटै परियोजना अन्तर्गत तेस्रो पटक झुम्सा बुटवल खानेपानीको शिलान्यास गरेका पौडेलले अघिल्लो महिना कार्य सम्पन्न भएको झण्डै डेढ वर्ष पुगेको तिनाउ नदीको पुल उदघाटन गरेका थिए । पौडेलले अघिल्लो महिनामा नै २०७२ सालमा थालिएको बुटवल बेलहिया सडक खण्डको अन्तिम खण्ड राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको पनि शिलान्याश गरेका थिए । उनले केहि महिना पहिले तिनाउ दानवनदि करिडोरको पनि शिलान्याश

अर्थमन्त्री पौडेलले आज मात्र बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका शिलान्यास गरेका छन् । पौडेलले गरेको शिलान्याशले सार्थकरुप ग्रहण गरे अवको डेढवर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म केवुलकारमा बसेर पुग्न सकिने भएको छ । ने भएको छ ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको आवश्यक पूर्वाधाार निर्माणको काम सुरु भईसकेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा ठेक्का सम्झौतथा भएको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लिले निर्माणमा लगानी गरेका छन् ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२।२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।