१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड नेपाल पक्षले राखेको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रस्ताव पेश गर्न समय दिएपछि प्रचण्ड नेपाल पक्षका सांसद इन्द्रबहादुर आङ्वोले प्रस्ताव प्रदेश सभा बैठकमा विधिवत रुपमा पेश गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेकपाका सांसदहरुले गत पुष १२ गते मुख्यमन्त्री विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावक आङ्वोले प्रस्ताव पेश गर्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई मुख्यमन्त्री राईले समर्थन गरेका कारण आफुहरुले उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको दाबी गरे । राईले अविश्वासको प्रस्ताव फेस गर्नबाट प्रदेश सरकार भागेको पनि आरोप लगाए ।

प्रस्ताव पेश भए लगत्तै सभामुख भण्डारीले फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

मुख्यमन्त्री राई पक्षधरहरुले भने सत्तारुढा पार्टी वैधानिक रुपमा विभाजन नभएका कारण संसदीय दलका नेता मुख्यमन्त्री राईले प्रचण्ड नेपाल निकट १६ जना सांसदहरुलाई गरेको कारवाही सदर गर्नुपर्ने माग गर्दैआएका थिए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : २७ बजे

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल