९ चैत्र २०८२, सोमबार | March 23, 2026

नवलपरासी प्रहरीको सफलता : श्रीमतीको हत्या गर्ने रामकुमारलाई १६ बर्षको जेल सजाय



बुटवल । आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई जिल्ला अदालत नवलपरासीले १६ बर्षको जेल सजाय सुनाएको छ ।

सुनवल नगरपालिका-७ तरगौली, नवलपरासी निवासी ३२ बर्षीय रामकुमारलाई आफ्नै श्रीमती २१ बर्षीय अस्मिता श्रेष्ठको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पश्चिम नवलपरासीले १६ बर्षको जेल सजाय सुनाएको हो ।

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलासले हत्या आरोपित रामकुमारलाई १६ बर्षको जेल सजाय सुनाएको जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिबक्ता गोकर्णराज घिमिरेले जानकारी दिए ।

यसअघि पीडितको पक्षमा जिल्ला न्यायधिबक्ता चन्द्र बहादुुर सिंजाली र सहायक जिल्ला न्यायधिबक्ता गोर्कणराज घिमिरेले गरेको बहसमा अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को ज्यान सम्बन्धी कसुर ठहर गर्दै रामकुमारलाई जन्मकैदको फैसला गरेको थियो । कसुर अन्र्तगत २५ बर्ष जेल सजाय ठहर गरिएको भएपनि अदालतले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ बर्षको जेल सजाय फैसला गरेको सहायक जिल्ला न्यायधिबक्ता घिमिरेले बताए ।

रामकुमारले गत कात्तिक २७ गते दिउंसो आफ्नै कोठामा रहेकी अस्मिताको घांटी थिचेर हत्या गरेका थिए । प्रहरी र अदालत समक्ष रामकुमारले दिएको बयान अनुसार सामान्य भनाभनका क्रममा आफूहरु बिच झगडा भएको र सोही क्रममा आफूले घांटी थिचेरे हत्या गरेको स्वीकार गरेका छन् ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेका रामकुमारले घटनास्थल पूगेका प्रहरीलाई भने श्रीमतीले झुण्डीएर आत्महत्या गरेको बताएका थिए । रामकुमारका अनुसार घरमा कोही पनि नभएको समयमा अस्मिताले पासो लगाई झुण्डिएको र आफू घर आउंदा झुण्डिएको अवस्थामा देखेपछि डोरी फुकाएर उपचारका लागि अस्पताल पू¥याएको बताएका थिए । घटना लुकाउने र सामसुम पार्ने योजना बनाएका रामकुमारले दिदीभेना र दाजुभाउजुको साथमा श्रीमतीलाई अस्पताल पठाएर आफू भने घरमै बसेका थिए ।

उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पू¥याईएकी उनलाई बेहोश भएर ढलेको भन्ने झुठो बाहाना बनाएर भर्ना गर्ने प्रयास गरिएको भएपनि त्यहां कार्यरत चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । उपचारका लागि परीक्षण गर्ने क्रममा उनको घाँटीमा नीलडाम देखिएको भन्दै चिकित्सकले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य बाहिर आएको थियो ।

घटनाको सुचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीब श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घटनास्थल पूगेर सोधखोज र स्थलगत अनुसन्धान गरेको थियो । छोरीको आत्महत्या नभई ज्वाई रामकुमारले नै हत्या गरेको भन्दै अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गत मंसिर ५ गते जाहेरी दिएका थिए ।

रामकुमारलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गत मंसिर ७ गते पक्राउ गरि कर्तब्य ज्यान मुद्धा चलाएको थियो । घटनास्थलको अध्ययन, अनुसन्धान र शव परीक्षण रिर्पोटको आधारमा निज रामकुमारलाई केरकार गर्दा श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक अजय केसीले बताए । प्रहरी उपरीक्षक केसीका अनुसार प्रारम्भिक सोधपूछका क्रममाा निज रामकुमारले हत्या अस्वीकार गरेका थिए ।

अनुसन्धानका क्रममा आरोपित रामकुमारको गतिबिधी थप शंकास्पद देखिएपछि हामीले घटनालाई अत्यन्तै सुक्ष्म ढंगले अनुसन्धान ग¥र्यौै,–प्रहरी उपरीक्षक केसीले भने । घटनाको प्रकृती, मोबाईल कल डिटेल्स, शवको प्रकृती, शव परीक्षण रिर्पोट र थप प्रमाणका आधारमा निजलाई केरकार गर्दा हत्या स्वीकार गरेको केसीले बताए ।

गल्याङ-८, तीनदोबाटेकी अस्मिताको ३ बर्ष अगाडी रामकुमारसंग मागी बिवाह भएको थियो । उनीहरुको २ बर्षीय एक छोरा समेत छन् । बैदेशिक राजगारीको सिलसिलामा साउदी अरब गएका रामकुमार गत असौजमा घरबिदामा आएका थिए ।

यसैबिच छोरीको हत्या गर्ने ज्वाईमाथी जिल्ला अदालत नवलपरासीको फैसलाले आफूहरुलाई न्याय मिलेको अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले प्रतिक्रिया दिए । पश्चिम नवलपरासी प्रहरीको सहयोग र बिशेष सकृयताले नै छोरीको हत्यारा पत्ता लागेको र यो फैसलाले आफूहरुलाई राहतको अनुभूति भएको पीडित श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५८ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत