५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बजारमा आवास ग्रुपको स्क्रु, नटबोल्ट



बुटवल । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इन्डष्ट्रि प्रालिले बजारको माग अनुसार आल्मुनियम फेब्रिकेशन, जिप्सन बोर्ड, सवारी साधन, निर्माण कार्य लगायतमा अतिआवश्यक पर्ने स्कु, नटबोल्टहरु उत्पादन शुरु गरेको छ ।

रुपन्देहीको तिलोत्तमा-१७ मा स्थित एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरि मिराजले उत्पादन शुरु गरेको हो ।

नेपाली बजारमा निर्माण, आल्मुनियम जिप्सन, सवारी साधन लगायतमा अति आवश्यक पर्ने स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

विदेश बजारमा निर्भर रहेको स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको उनले बताए । ‘ठुलो परिमाणमा स्क्रु र नटबोल्ट विदेशबाट आयात हुदै आएको छ ।’-उनले भने । विशेष गरि भारत र चीनको बजारमा निर्भर रहेको नेपालमा अब स्वदेशी उद्योगबाट उत्पादन भएको सामग्री उपलब्ध हुने उनले बताए । ‘यो नेपालमै पहिलो उद्योग हो ।’-उनले भने । उत्पादनका हिसाबमा धेरै मिहिन तर बजारमा धेरै माग रहेकाले आफुहरु स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिनहरु झिकाएर उत्पादन गरेको उनले बताए ।

कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्क्रु र नटबोल्ट गरि उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

उद्योगमा १० करोड रुपैया लगानी रहेको छ । उद्योगमा दक्ष तथा अदक्ष गरि ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं