१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती सिफारिस



काठमाडौं । नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती गर्न संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले सिफारिस गरेको छ ।

समितिले नेपालसहित लाओस र बंगलादेशलाई समेत स्तरोन्नती गर्न सिफारिस गरेको हो । पाँच वर्षको तयारी अवधी पुरा गरेपछि सन् २०२६ बाट यो स्तरोन्नती कार्यान्वयनमा आउनेछ । कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गरेपछि स्तरोन्नति हुनका लागि योग्य हुनेछ ।

स्तरोन्नतिका मुख्य मापदण्ड रहेका प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक मध्ये नेपालले दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ । प्रतिव्यक्ति आयको सुचकांक पुरा गर्न बाँकी रहेकोछ । २०१५को भूकम्प र कोरोना महामारीका कारण नेपालको प्रतिव्यक्ति आयको सुचकांक पुरा हुन बाँकी रहेको छ ।

गत फागुन १० गतेदेखि १४ गतेसम्म बसेको बैठकमा स्तरोन्नतीका लागि तोकिएको मापदण्ड नेपालले लगातार तीन समीक्षा बैठकमा पुरा गरेको निस्कर्ष निकालिएको थियो । सोही निस्कर्षका आधारमा नेपाललाई सन् २०२६ देखि लागु हुनेगरी स्तरोन्नती गर्ने सिफारिस भएको हो ।

समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघको आर्थिक तथा सामाजिक परिसदले स्वीकृत गर्नुपर्ने संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

२०२६बाट स्तरोन्नती हुनेभएपछि नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन् २०२२देखि २०२६सम्म निरन्तर पाउनेभएको छ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा