१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान



वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।

भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सिसिटिभी जडान गर्न लागिएको हो । सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ । सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ । जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ ।

सीमा क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रको निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हो । कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा