२ पुस २०८२, बुधबार | December 17, 2025

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, केही दिनभित्र काठमाडौंबासीको घरघर पुग्छ : प्रधानमन्त्री ओली



काठमाडौं । काठमाडौंबासीको सपना बनेको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी शनिबार साँझ सुन्दरीजलमा खसेको हो । मेलम्ची खोलाबाट पठाइएको पानी सुरुङहुँदै सुन्दरीजलमा खसाल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बटम दबाएका थिए ।

सुन्दरीजलमा आयोजित विशेष कार्यक्रममा बटम दबाएपछि सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरमा मेलम्चीको पानी झर्ने बताए । प्रधानमन्त्री ओलीले भने, काठमाडौंमा मेलम्चीको पानी झर्यो । अब केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’

लामो समयको प्रतिक्षाको घडी सकिएको भन्दै प्रधानमन्त्री ओलीले सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भएको भन्दै काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिए ।

प्रधानमन्त्री ओलीले मेलम्चीको दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए । उनले बागमती सफाइमा पनि मेलम्चीको पानी सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

यही फागुन १० गते मेलम्चीबाट सुरुङमा पानी पठाइएको थियो । खानेपानी आयोजनाका अनुसार केही समय यो पानीलाई बागमती नदीमा फालिनेछ । फोहोर थिग्रिसकेपछि भने सुन्दरीजलस्थित विशाल पानी ट्यांकीमा पठाइने छ । सोही ट्यांकीमा पानीलाई प्रशोधन गरी बैशाखको दोस्रो सातादेखि मेलम्चीको सञ्जाल फैलिएको स्थानका घरघरमा पानी वितरण हुने आयोजनाले जनाएको छ ।

मेलम्ची आयोजना दशकौं पहिलेदेखि काठमाडौंबासीको सपना बनेको थियो । तर, आयोजनाको भौतिक निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको छ ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ४३ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११