२ पुस २०८२, बुधबार | December 17, 2025

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्यो



काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोरोना खोप योजना कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स योजना कोरोना भाइरस विरुद्धको विश्वव्यापी लडाईं अन्तर्गत डब्लुएचओले विश्वमा सहजै खोप प्राप्त गर्न नसक्ने मुलुकहरुलाई उपलब्ध गराइएको छ ।

बेलायती राजदूत राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्स सुविधाको खोप भित्रिएको पुष्टि गरेकी छिन् । राजदूत पोलिटले ट्वीट गर्दै भनेकी छिन्, नेपालमा कोभ्याक्सको कोभिड खोप आइपुगेकोमा धेरै खुशी लागेको छ। बेलायत सरकारले खोपलाई नेपाली सम्म पुरयाउन सहयोग गर्दै छ। खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी छ। बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ।

कोभ्याक्स सुविधानअन्तर्गत दक्षिण एशियामा नेपासहित बंगलादेश र श्रीलंकाले खोप पाउँदैछन् । डब्लुएचओले नेपालको कुल जनसंख्याको २० प्रतिशत नागरिकलाई पुग्ने खोप उपलब्ध गराउँदैछ । यसअन्तर्गत पहिलो खेप आइतबार आइपुगेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल