१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्यो



काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोरोना खोप योजना कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स योजना कोरोना भाइरस विरुद्धको विश्वव्यापी लडाईं अन्तर्गत डब्लुएचओले विश्वमा सहजै खोप प्राप्त गर्न नसक्ने मुलुकहरुलाई उपलब्ध गराइएको छ ।

बेलायती राजदूत राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्स सुविधाको खोप भित्रिएको पुष्टि गरेकी छिन् । राजदूत पोलिटले ट्वीट गर्दै भनेकी छिन्, नेपालमा कोभ्याक्सको कोभिड खोप आइपुगेकोमा धेरै खुशी लागेको छ। बेलायत सरकारले खोपलाई नेपाली सम्म पुरयाउन सहयोग गर्दै छ। खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी छ। बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ।

कोभ्याक्स सुविधानअन्तर्गत दक्षिण एशियामा नेपासहित बंगलादेश र श्रीलंकाले खोप पाउँदैछन् । डब्लुएचओले नेपालको कुल जनसंख्याको २० प्रतिशत नागरिकलाई पुग्ने खोप उपलब्ध गराउँदैछ । यसअन्तर्गत पहिलो खेप आइतबार आइपुगेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ३९ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको