१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम सर्वोच्च अदालतद्वारा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँतिए (पूर्णपाठसहित)



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाउने फैसला गरेको छ ।

सर्वोच्चको यो फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी कोष्ट भित्र नेकपा रहेको नाम कट्टेलको भन्दा फरक रहेको निस्कर्ष निकाल्दै ओली प्रचण्ड नेतृत्वलाई दिएको थियो ।

तर सर्वोच्च अदालतले नेकपा नाम दर्ताको क्रममा आयोगले गरेको निर्णयलाई त्रुटीपूर्ण भन्दै खारेज गरेको छ ।  अदालतले नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा लेखिएको नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ ।  सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

यससँगै नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड-नेपाल पक्ष र ओली पक्षबीच भएको विवाद थप पेचिलो बनेको हो । अब दुवै पक्षले नेकपाको पछाडि कुनै विशेषण झुण्डयाउनुपर्ने भएको छ ।

सर्वोच्चको आदेशसँगै नेकपाको अधिकारिकता विवाद झन जटिल बनेको छ । निर्वाचन आयोगले नयाँ नाम जुराउनका लागि एकीकृत पार्टीलाई नै बोलाउनुपर्ने बाध्यता छ । जबकी, पुष ५ गतेपछि नेकपामा औपचारिक विभाजन भएको छ । आयोगले नयाँ नामका लागि बोलाउँदा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको नाममा पत्राचार गर्नुपर्छ । आयोगले ओली र प्रचण्ड अध्यक्ष एवं विष्णु पौडेल महासचिव भएको ४४१ सदस्यीय केन्द्रीय कमिटी भएको नेकपालाई मान्यता दिएको हो ।

पार्टीको नाम परिवर्तन गर्नका लागि दुई तिहाई केन्द्रीय सदस्यले निर्णय गर्नुपर्ने नेकपाको विधानमा उल्लेख गरिएको छ । तर, अहिलेको अवस्थामा प्रचण्ड नेपाल पक्षसँग सुविधाजनक बुहमत भए पनि दुई तिहाई बहुमत छैन । ओली पक्षसँग त सामान्य बुहमत पनि नभएको अवस्था छ । जसका कारण, अहिलेकै प्रक्रिया अनुसार आयोगले नामको टुंगो लगाउन असम्भव जस्तै देखिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/supreme_aadesh-ncp.pdf”]

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट