१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अन्तरराष्ट्रिय विमानस्थल संचालन हुंदैमा लुम्बिनीमा पर्यटक नथपिने पर्यटन व्यवसायीको ठहर



बुटवल । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन हुँदैमा लुम्बिनीमा पर्यटक नबढ्ने सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्डले लुम्बिनीको एकीकृत ब्राण्डिङका बिषयउमा आज रुपन्देहीमा गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लुम्बिनीमा अन्तरराष्ट्रिय पर्यटक भित्राउनका लागि एकीकृत ब्राण्डिङ गरिनु पर्ने बताए । उनीहरुले ब्राण्डिङमा सत्य र तथ्यमा आधारित कथा झल्केको हुनु पर्ने बताउँदै फकर फकर कथा पस्केर पर्यटकलाई आकर्षण दिन नसकिने धारणा राखे । पछिल्लो समय महिला पर्यटकहरुले पुरुषले भन्दा बढी खर्च गर्ने क्षमता राख्ने गरेको भन्दै सहभागीहरुले बिश्व समूदायका ५० लाख महिला लुम्बिनीमा आउने गरि ब्राण्डिङ गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले विश्वभरीका बौद्धिस्ट महिलाहरुलाई बच्चा जन्माउनकै लागि लुम्बिनी आउने वातवरण बनाउन लुम्बिनीमा वर्थिङ सेण्टर बनाउने योजना अगाडी सारेको बताए । उनले प्रदेश सरकार उच्च प्राथमिकताका साथ लुम्बिनीलाई ब्राण्डिङ गर्ने योजनामा लागेको बताउँदै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका सदभावना राजदुत बिक्रम पाण्डे काजीले बिश्वमा महिलाहरुले बराबर पुरुषले खर्च गर्न नसक्ने भन्दै लुम्बिनीमा हलिाहरुलाई आकर्षण दिनसक्नु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बुद्ध धर्म संगै यस आसपासमा रहेका हिन्दु धार्मिस्थल पनि जोडेर प्याकेज बनाउन सकिए लुम्बिनीमा पर्यटकको आगमन बढाउन सकिने बताए ।

सहभागीहरुले लुम्बिनीको लोगा बनाउँदा नेपाली माटोमा जन्मेको रन्जना लिपी प्रयोग गर्न सुझाव दिंदै मौलीक र सर्वसाधारणले बुझ्ने प्रकृतिको लोगो बनाउन आवश्यक रहेको बताएका थिए ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ३६ बजे

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच