१८ माघ २०८२, आइतबार | February 2, 2026

थारु समूदायको बडघर प्रथालाई मधुवन नगरपालिकाको कानुनी मान्यता



बर्दिया । थारु समूदायमा रहेको बडघर प्रथालाई बर्दियाको एक अर्को नगरपालिकाले कानुनी मान्यता दिएको छ । बर्दियाको मधुवन नगरपालिकाको ७ औँ नगरसभाले थारु समूदायको बडघर परम्परालाई कानुनी मान्यता दिएको हो । नगरपालिकाको आज सम्पन्न नगरसभाले ४ वटा ऐन र नियमावली पास गर्दै नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न गरेको छ ।

विगत्मा १६ वटा ऐन र नियमावली बनाएको नगरसभाले आज सम्पन्न नगरसभामा मात्रै ४ वटा ऐन पास गरेको छ । यस अघि बारबर्दिया नगरपालिकाले देशमै पहिलो पटक पडघर प्रथालाई मान्यता दिँदै ल्याएको बड्घर ऐनलाई मधुवन नगरपालिकाले समेत पारित गरेको हो । यो सँगै बर्दियामा दुई वटा नगरपालिकाले बड्घर ऐन नगर सभाबाट पारित गरेका छन् ।

वडघर प्रथा थारु समुदायको परम्परागतरुपमा गाउँ टोल समुदायको अगुवा छान्ने प्रथा हो । त्यो सँग सँगै मधुवन नगरसभाले स्वास्थ्य, शिक्षा र मेलमिलाप ऐन समेत पारित गरेको छ ।

त्यसैगरी नगरसभाले साविकको सानोश्री ताराताल नगरपालिकाले लागु गराएको एकिकृत सम्पती करलाई परिमार्जित गरेको छ । कृषकहरुको आम्दानीभन्दा कर बढि भएको भन्दै नगरपालिकाले करिब ५० प्रतिशत कर घटाएको छ ।
नगरपालिकाको वित्तियप्रगती प्रस्तुत गर्दै नगरप्रमुख गणेशबहादुर केसीले मधुवन नगरपालिकाको हाल सम्मको पुँजीगत तर्फ २७ प्रतिशत मात्र प्रगती गर्न सकेको बताए । केसीले अधिकांश विषयगत शाखाको काम सम्पन्न भएको तर भुक्तानी नभई सकेको हुनाले प्रगती नदेखिएको बताए । उनले भौतिक निर्माण तथा विकास निर्माणका कार्य धमाधम भईरहेको बताउँदै यो विकास निर्माणको कामको सिजन भएको बताए ।

नगर सभामा बाघ आतंक विषय :
मधुवन नगरपालिकाको नगरसभामा बाघ आतंकको विषय व्यापक रुपमा उठेको छ । नगरपालिका क्षेत्रमा विगत् केहीबर्ष देखि बाघको आतंक बढ्दै गएपछि नगरसभाका सदस्यहरुले बाघ आतंकका बिषयमा बिषय प्रवेश गराएका थिए ।

यसै बर्ष एकै हप्तामा मधुवननगरपालिका वडा ३ मा तिन जना मानिसको बाघको आक्रमणमा परि ज्यान गएको छ । नगरसभामा उपस्थीत सभासद्हरुले रातभरी बाघ कराउने गरेको र घरपालुवा जनावरहरुलाई आक्रमण गर्ने गरेको बताएका थिए । उनीहरुले बाघको आक्रमणको जोखिममा रहेकागाउँमा सोलार बत्ति जडान गर्न माग गरेका छन् । नगरप्रमुख केसीले वडा नं ३ मा सोलार बत्ती जडान भईसकेको र अरु स्थानमा जडान गर्दै जाने बताए । उनले भने –‘हामीले पटक पटक बाघको आक्रमण रोक्नकालागि के गर्न सकिन्छ भनेर जिल्लावन र निकुञ्ज सँग पहल गरेका छौं ।’ नगरप्रमुख केसीले बाघको संख्या बढि भएको कारणले बाघले सताउने गरेको बताउँदै बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रले कतिवटा बाघ, हात्ती, गैडा राख्ने क्षमताहो त्यो अध्ययन हुनपर्ने बताए ।

मधुवन नगरपालिकाको केही भुभागबर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ भने केहीखाता जैविकमार्गको छेउछाउमा पर्दछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ०८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन