१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवलमा थपिँदै सुबिधा सम्पन्न होटल ‘होटल द फ्यामिंगो’



बुटवल । अन्तरराष्ट्रिय विमान स्थल र लुम्बिनीको पर्यटकलाई मध्यनजर राख्दै धमाधम होटल खुलिरहेको रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित एउटा नयाँ सुबिधा सम्पन्न होटल थपिने भएको छ । चैत्रको पहलो हप्ता सम्मा लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा ‘होटल दा फ्यामिंगो’ संचालनमा आउने भएको हो ।

हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित भएको होटलले यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने जानकारी दिएको छ ।

हस्पिटालिटी क्षेत्रमा नयाँ सुबिधा प्रदान गर्ने गरि होटलको उच्च व्यवस्थापन टिम तयार गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बिशेष सेवा र सुबिधा सहित सञ्चालनको तयारीमा रहेको ‘होटल दा फ्यामिंगो’ युवा व्यवसायी दिलीप गौचनले होटल सञ्चालनमा ल्याएका हुन् । उनले हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुलाई नियुक्त गरिसकेको जनाएका छन् ।

‘लामो समयको प्रतिक्षापछि बुटवल क्षेत्रकै उत्कृष्ट होटल हामीले सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘यो होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’

बुटवल क्षेत्रमा स्तरीय कार्यक्रम गर्न, पार्टी तथा सेमिनार आयोजना गर्नका लागि पनि होटल उचित गन्तव्य बन्ने उनको विश्वास छ । बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङका लागि सम्पूर्ण तयारी पुरा भएको महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए ।

संचालक गौचनका अनुसार होटलमा ४ सय जना क्षमताको एउटा बेङ्कट हल रहेको छ भने २ वटा कन्फ्रेन्स हल छन् । एक कन्फरेन्स हल सय जना क्षमताको र अर्को ३० जना क्षमताको रहेको छ । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम, प्रशस्त पार्किङ क्षेत्र, मनोरम बुटवलको दृश्य अवलोकन गर्ने स्थान लगायतका सेवा तथा विशेषता रहेका छन । होटलमा करिब २० करोड लगानी रहेको सञ्चालक दिलिप गौचनले बताए ।

होटलमा रहेको लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफे टोरियो फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ ।

होटलले सेवा र व्यवसायसँगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योग्दान पुर्याउने जनाएको छ । होटल सञ्चालनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको र होटलका परिकारहरु आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खुवाई सकेको महाप्रबन्धक काशीराम अधिकारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : २५ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी