१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले माओवादी केन्द्रलाई आयोगले भन्यो, – नयाँ दल बनाउने भए १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित आऊ



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले एकीकृत दलको रुपमा रहन चाहे १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित उपस्थित हुन आग्रह गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज भैसकेको छ ।

फैसलाले एकीकृत पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः सक्रिय भैसकेका छन् ।

निर्वाचन आयोगको निर्णमा भनिएको छ, ‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ।

आयोगले सर्वोच्चको आदेशअनुसार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)लाई खारेज गरेको छ । दर्ता नम्वर १४५ मा रहेको नेकपा खारेज गरेको विषय सो दलका अध्यक्ष रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय समेत आयोगले गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ०५ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद