२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलमा यातायात व्यवसायीको चुनावी सरगर्मी : खरेल र गाहा प्यानल निर्वाचनमा भिड्दै



बुटवल । प्रालि बन्नु अगाडीको २ वटा कार्यकाल लगातार पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष रहेका दधिराम खरेललाई टक्कर दिँदै यातायात व्यवसायी पदमराज गाहाले उम्मेदवारी घोषणा गरेका छन् । समिततिबाट प्रालीमा रुपान्तरित भएपछि हुन लागेको पहिलो अधिवेशनमा वर्तमान अध्यक्ष खरेल र गाहाका बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै अध्यक्षका उम्मेदवारहरुले प्यानल सहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२०२६ साल देखि यातायात क्षेत्रमा क्रियाशिल पश्चिम नेपाल बस ब्यवसायी संघलाई सरकारले कम्पनीमा जानुपर्ने नियमन गर्दै नबिकरण नगरिदिएपछि २०७६ सालमा प्रालीमा रुपान्तरण भएको थियो । प्रालि बनेपछि पहिलो साधारणसभा तथा अधिवेशनको तयारीमा लागेको यातायात व्यवसायीहरुले व्यवसायीहरुको हक हितका सम्बन्धमा आ आफ्ना एजेण्डाहरु अगाडि सारेका छन् । प्रालीको यहि २८ र २९ गते प्रथम साधारणसभा तथा नयाँ नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको छ ।

कम्पनी ऐन अनुसार संस्था दर्ता भएपछि ११ सदस्यीय सञ्चालक समितीका लागि निर्वाचन हुन लागेको प्रालीले जनाएको छ । प्रालीका अनुसार संघका सदस्यका हैसियतले मतदान गरिरहेका सवारीधनीले अव शेयरसदस्यका हैसियतले मतदान गर्नेछन् । नयाँ दर्ता भएको प्रवन्धपत्र र नियमावलीमा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था गरिएको छ ।

खरेलको नेतृत्वमा बर्तमान सञ्चालकहरु नारायण प्रसाद घिमिरे, जिवन कुमार बन्जाडे, गोपाल पौडेल, रामचन्द्र भुसाल, नारायण बेल्वासे, मोहन पिएस,कृष्ण प्रसाद सापकोटा(सागर),जितेन्द्र खत्री ऋषिराम डुम्रे र कुस्माखर रेग्मीले उम्मेदवारी दिने भएका छन् भने पदमराज गाहाको नेतृत्वमा बर्तमान सञ्चालक सुरेन्द्र श्रेष्ठ सहित रमेश प्रसाद अधिकारी, नारायण प्रसाद भण्डारी,कृष्ण प्रसाद पाण्डे, रुक्मागत पाण्डे,कृष्ण प्रसाल बेल्वासे,लाल बहादुर गुप्ता,शोभाखर भण्डारी, प्रेम गौचन र दिपेन्द्र श्रेष्ठले सञ्चालकमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

प्रालीको निर्वाचनका लागि २ हजार ३ सय ९६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : १४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल