१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र र जसपा नेताहरुबीच पेरिसडाँडामा छलफल



काठमाडौं । सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्न जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका छन् ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सत्ता समीकरणका लागि काँंग्रेस र जसपासँग छलफल अघि बढाउने निर्णय गरेको थियो । माओवादी केन्द्रले अन्य दलसँग छलफल गर्न अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएको छ ।

जसपाले भने आफ्ना माग जसले पुरा गर्छ उसैसँग सहकार्य गर्ने नीति लिएको छ । सत्ता समीकरणमा निर्णायक बनेको जसपाका पूर्व राजपा निकट नेताहरुले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निकट एमाले नेताहरुसँग छलफल गरेका थिए । तर, दिउँसो बसेको संसदीय दल बैठकमा त्यसबारे व्यापक आलोचना भएपछि छलफलका लागि कार्यदल बनाउने निर्णय गरेको थियो ।

जसपाका नेताहरुसँग आज पनि एमालेका नेताहरुले छलफल गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज