२२ मंसिर २०८२, सोमबार | December 8, 2025

‘रहर लागेर मृगौला जचाउन विदेश गएको थिइन, सेवा नपाएर गएको थिएँ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई रहर लागेर मृगौलाको उपचार गर्न विदेश नगएको बताएका छन् ।

विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनाममूलक प्रभातफेरीपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा विशेषज्ञ सेवा नभएकै कारण आफु विदेश जान बाध्य भएको बताए ।

ओलीले आफ्नो पहिलोपटक मृगौला प्रत्यारोपणको स्मरण गर्दै भने ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ ।’

प्रधानमन्त्री ओलीले नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने पनि बताए । त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहेको उनले जानकारी समेत दिए । प्राध्यापक शाह ओलीका निजी चिकित्सक पनि हुन् ।

प्रधानमन्त्री ओलीले दुई पटक मृगौला प्रत्यारोप गरेका छन् । गत वर्ष शाहकै टिमले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको थियो ।

‘मिर्गौला रोगको साथमा स्वस्थ जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ११ : ४८ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन