१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउनु कांग्रेसको मुख्य ध्येय : महामन्त्री कोइराला



काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफुहरुको मुख्य ध्येय रहेको बताएका हुन् । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उनले बताए । कोइरालाले भने, – ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिए । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए ।

थापाले भने, – ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामिले छ, आठ महिना, एक वर्ष चलाएर जतिपनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ । ति भ्वाङहरु टाल्ने काम गरेर, देशलाई निर्वाचनमा लिएर गएर त्यो निर्वाचनबाट हामीले एकपटक फेरी नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली कांग्रेसले जनताका बीचमा केही कुराहरुको संकल्प गरेर ती संकल्पहरु पुरा गर्ने काम हामीले गर्नुपर्छ ।’

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको थापाको भनाइ छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने थापाले जिकिर गरे । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ११ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री