१ पुस २०८२, मंगलबार | December 16, 2025

सांसद रेसम चौधरीको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन डा. बाबुराम भट्टराईलाई अस्विकार्य



काठमाडौं । जनता समाजवादी पार्टीका केहि शिर्ष नेताहरुले निलम्बित सांसद रेसम चोधरीको रिहाईलाई सत्ता समिकरणको प्रमुख एजेण्डा बनाएर सम्बाद चलाईरहेका बेला जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको एजेण्डा सत्ता समिकरणको शर्त बन्न नसक्ने बताएका छन् । उनले आज बिहानै ट्यीटरमा स्टाटस पोष्ट गर्दै सांसद चोधरी लगायत नेताहरुको रिहाइ केपी ओली सरकारलाई समर्थन गर्ने शर्त स्विकार्य नहुने बताएका हुन् ।

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्ने वा सत्ता समिकरण गर्ने गरि चरणवद्ध छलफल जारी रहेको अवस्थामा नेता भट्टराईको फरक धारणा बाहिर आएको हो।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल हुने, तर रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भट्टराईले सञ्जालमा प्रश्न गरेका छन् ।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? कुनै भ्रम नरहोस् !’

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : १० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज