४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियामा बाघको आक्रमणबाट फेरि अर्की एक महिलाको मृत्यु



बर्दिया । बर्दिया मधुवन नगरपालिका –३ मा बाघको आक्रमणबाट मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि बाघको आक्रमणबाट अर्कि एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र भित्र नै ठाकुरबाबा नगरपालिका –७ मोहनपुर बस्ने ६२ बर्षिया डल्ली रावतको बाघले आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्ज भित्र घाँस दाउरा काट्न गएको बेलामा उनलाई बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस दाउरा काट्न गएका महिलाहरु गाउँमा आएर बाघले आक्रमण गरी लगेको खबर गरेपछि रावतको खोजीकार्य सुरु भएको थियो ।

निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतलाई खोज्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको