११ चैत्र २०८२, बुधबार | March 25, 2026

माधव-झलनाथ पक्षीय भेलामा सहभागी हुने एमाले नेता कार्यकर्तालाई ओली पक्षले कारबाही गर्ने चेतावनी



काठमाडौं । नेकपा एमालेको ओली पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री एवं एमाले ओली पक्षको एमाले महासचिव ईश्वर पोखरेलले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

महासचिव पोखरेलले विज्ञप्तिमा भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने समेत चेतावनी दिएका छन्।

पोखरेलले एमाले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै नेपाल पक्षीय भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका छन्।

विज्ञप्तिमा नेकपा एमाले को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेको कुनै भेला नभएको उल्लेख गरिएको छ ।

महासचिव पोखरलेले सो भेलामा सहभागी नहुन निर्देशन दिंदै अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भोलि (बुधबार)राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ४९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण