१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव-झलनाथ पक्षीय भेलामा सहभागी हुने एमाले नेता कार्यकर्तालाई ओली पक्षले कारबाही गर्ने चेतावनी



काठमाडौं । नेकपा एमालेको ओली पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री एवं एमाले ओली पक्षको एमाले महासचिव ईश्वर पोखरेलले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

महासचिव पोखरेलले विज्ञप्तिमा भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने समेत चेतावनी दिएका छन्।

पोखरेलले एमाले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै नेपाल पक्षीय भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका छन्।

विज्ञप्तिमा नेकपा एमाले को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेको कुनै भेला नभएको उल्लेख गरिएको छ ।

महासचिव पोखरलेले सो भेलामा सहभागी नहुन निर्देशन दिंदै अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भोलि (बुधबार)राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ४९ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि