२३ माघ २०८२, शुक्रबार | February 7, 2026

बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रमहरु ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।

शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताए ।

“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उनले भने ।

प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताएका छन ।

“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उनले भने ।

उनले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताए ।

जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ०६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस