१२ श्रावण २०८१, शनिबार | July 27, 2024

होली पर्व नजिकिदै गर्दा गायिका मञ्जु पौडेलले ल्याईन नाच्ने गीत ‘पर्व होली’



बुटवल । तराई र पहाडमा अलग अलग दिनमा मनाईने फागू पर्व अर्थात होली पर्व नजिकिँदै छ । यस बर्षको होली पहाडमा १५ गते र तराईमा १६ गते मनाईदैछ । होलीमा साथीभाई परिवार मिलेर एकापसमा रमाईलो गरेर मनाउने प्रचलन छ । होलीलाई पनि छुट्टै रौनकताका साथ हेर्ने गरिन्छ । नेपाल सस्कृतिले भरिपूर्ण देश पनि हो ।

पर्व अनुसारको आ आफ्नै मौलिक गीतहरु पनि हुन्छन् । गीतहरु भनिसकेपछि कलाकार अवश्य आउने नाम हो । कोरोनाको कहर नहुदासम्म धुमधामसंग मनाईने यो पर्व कोरोनाका कारण अहिले त्यति चहलपहल देखिएको थिएन गत बर्ष । अघिल्ला वर्षहरुमा मञ्जुलाई कार्यक्रमको लागि समय मिलाउन भ्याईनभ्याई हुन्थ्यो । तर यसपालि भने मञ्जुलाई भने केहि आराम मिलेको छ । यस बर्षको होलिकों लागी टेलिभिजनका होली कार्यक्रमका लागि निम्तो आईसकेको छ । मञ्जु त्यतै ब्यस्त हुने उनले बताईन ।

कोरोना महामारीको बेला सबैजना तनाब भैरहेको बेलामा अलिकति भए पनि सहज वातावरणमा फर्काउन सहयोग पुगोस भनेर गायिका एवं चर्चित उद्घोषिका मञ्जु पौडेल र निरज श्रेष्ठको सहकार्यमा नाच्न मिल्ने गीत ‘पर्व होली’ गायिका पौडेलको आफ्नै युट्युब च्यानलमार्फत गीत बजारमा आएको छ । खबरकुरा अनलाईन संग कुराकानीका क्रममा गायिका पौडेलले भनिन ‘प्रायः स्टेजमा नाच्ने किसिमको गीत डिमाण्ड हुन्छ होली पनि हाम्रो मौलिक सस्कृति हो सबैले होलीको पनि गीत बनाउनु पर्यो भनेर माग आयो त्यहि भएर निकालेकी हु, दर्शक श्रोताले माया दिनुभएको छ खुशी छु म’ गायिका पौडेलले भनिन । गीतमा मञ्जु पौडेलको स्वर शब्द छ भने निरज श्रेष्ठको संगीत स्वर अनि एरेन्ज रहेको छ ।

गीतमा स्नेहा पौडेल, प्रज्वल सुरज गिरि, अनुष्का अधिकारि र अर्शु महर्जनले फिचारिंग गरेका छन । गीतलाई छायंकन अनि निर्देशन दुर्गा पौडेलले गरेका छन । नृत्य निर्देशन राजाराम सिमखडाले गरेका छन । भिडियोमा सम्पादन नबिन घर्ति मगरले गरेका हुन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ५३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्