१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बाँकेका नरेशबाबु श्रेष्ठ सहित देशका ३ जनाले पाए ‘कोभिड हिरो’को उपाधि



बुटवल । बिश्वभर महामारीकारुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को प्रकोप बिरुद्ध अग्रभागमा खटिएर योगदान पु¥याउने नेपालका ३ जना स्वास्थ्यकर्मीहरु ‘कोभिड हिरो’ घोषित भएका छन् । एकाउन्टविलिटि ल्याब काठमाडौंले महामारीका बेला देशैभरीबाट उत्कृष्ठ भूमिका खेलेका तिन जना स्वास्थ्यकर्मीलाई ‘कोभिड हिरो’ घोषित गरेको हो ।

एकाउन्टविलिटि ल्याबले आज जारी गरेको घोषणामा डीसीसीएमसी बाँकेका पूर्व कोरोना फोकलपर्शन हाल स्वास्थ्य कार्यालय बर्दियामा कार्यरत जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीको स्टाफ नर्स चण्डीका अधिकारी र धनगढी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्यायलाई ‘कोभिड हिरो’ घोषणा गरेको हो ।

देशैभरिबाट निरन्तर रूपमा कोभिड महामारी व्यवस्थापनमा सक्रिय र प्रभावकारी भूमिका खेलेको भन्दै उनिहरुलाई ‘कोभिड हिरो’ घोषित गरीएको ल्यावले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाल बर्दियाका कोरोना फोसल पर्सन समेत रहेका श्रेष्ठ यसअघि बाँकेमा कोरोना फोकल पर्सनका रुपमा कार्यरत थिए ।

बाँकेमा कोरोना फोकलपर्शन रहेका बेला श्रेष्ठले जिल्लाको महामारी नियन्त्रणमा मात्र केन्द्रीत नभएर बाँके सहित कर्णाली र सुदुरपश्चिम प्रदेशबाट संकलन गरिएको स्वाव काठमाडौं पठाउने कार्यमा समेत आफै खटिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १० : १९ बजे

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने

नेपाली बीमा कम्पनीलाई ग्लोबल कम्पनी बनाउने गरी सहजिकरण गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली