३ आश्विन २०८३, शनिबार | September 19, 2026

आज प्रधानमन्त्रीद्धारा १६५ वटा सडकको शिलान्यास हुदैं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन ।

एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक(एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, बजगाईंले भने ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ०६ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग