१ पुस २०८२, मंगलबार | December 17, 2025

आगामी चुनावमा मोर्चावन्दी गरेर ओलीलाई चौंथो स्थानमा झार्नुपर्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन् ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकौ पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको बताए । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने प्रचण्डले जिकिर गरे । यस्तै कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गरे ।

प्रचण्डले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । मोर्चा बन्यो भने पत्रकार महासंघको चुनावमा जस्तै हुन्छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग-यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

अध्यक्ष प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नयाँ सरकार गठन गरौं भन्ने प्रस्ताव कांग्रेसले औपचारिक ढङ्गले राखेपछि जसपाले पनि हामी सल्लाह गर्छौं एक दुई दिन भित्र नै हामी टुङ्ग्याउँछौं भनेको छ । केही दिनभित्र नयाँ सरकार गठन हुन्छ र हुनैपर्छ भन्ने लागेको छ ।’

अध्यक्ष प्रचण्डले दुई पार्टीको बीचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिँदा अहिलेको अवस्था आएको बताए । पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरि अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पु-याईदिदा समस्या भएको उनले जिकिर गरे । तर नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सर्वोच्च अदालतले डिभोर्स गराईदिदा अहिले दुःख भइराखेको उनले गुनासो गरे ।

प्रचण्डले भने, ‘हाम्रो त लभ परिराख्या थियो । दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी ! २८ गतेको आमसभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नु भयो, झलनाथजी कसरी बोल्नुभयो । लभ नपरेका त्यसरी बोलिन्थिएन नी त । लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो । कतैबाट पनि मिल्ने कुरा हो त । अब अहिले दुलाहादुलही दुई वटै रुँदैरुँदै आफ्नो आफ्नो घरमा । तर, यसरी बुझ्न प-यो र फेरि पनि कम्युनिष्ट आन्दोलनको एकता आवश्यक छ ।’

अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिए पनि कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको पनि प्रचण्डले बताए । तर त्यस्तो एकता अब पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने उनको धारणा थियो ।

पार्टी एकता गरेर आफूले गल्ति नगरेको पनि अध्यक्ष प्रचण्डले बताए । तर केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ति भएको प्रचण्डले स्वीकार गरे । सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती गरेको उनले बताए । प्रचण्डले भने, ‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होलाकी भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ । त्यो बेला मान्न नहुने रहेछ भन्ने परेको छ मलाइ ।’

यस्तै दोस्रो गल्ती आफ्नै सङ्गठन भित्रका कार्यकर्ता र जनतालाई ध्यान नदिनु पनि रहेको अध्यक्ष प्रचण्डले स्वीकार गरे । आफ्नै सङ्गठनभित्र रहेका शहीद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारसँग सम्बन्ध बलियो नबनाई अर्काको पछि लाग्दा अहिले दुःख पाएको पनि बताए ।

नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए । सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको उनले जिकिर गरे ।

‘अहिले पनि हामी युद्धमै छौं । प्रतिक्रियावादको विरुद्ध युद्धमै छौं तर त्यो युद्ध लडने तरिका र रुप फरक छ’, प्रचण्डले भने, ‘जनताको आशा भरोसालाई फेरि एकचोटी नयाँ सिराबाट जोडिएर, उनीहरुका दुःख दर्दसँग जोडिएर उनीहरुको उत्पादन संघर्षलाई प्रतिफलमुखि बनाउने योजना निर्माण गरेर विज्ञान प्रविधिको प्रयोग गर्न सिकेर सिकाएर जाने लाइन बनाउने हो अब ।’

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष