११ चैत्र २०८२, बुधबार | March 25, 2026

कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड



पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको हो ।

आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी तथा पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध सेतीवेणीधाम तथा जैमिनीघाट, पूर्तिघाट, नयाँपुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायतका स्थानमा स्थानीयवासीको बिहानैदेखि बाक्लो सहभागिता देखिएको छ ।

गत वर्ष कोरोनाका कारण रोकिएका छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायतका जिल्लाबाट आउने भक्तालु यस वर्ष भने हिजैदेखि आएर बास बसेर बिहानैदेखि स्नान गर्न थालेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ३७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण