२९ मंसिर २०८२, सोमबार | December 16, 2025

काठमाडौं उपत्यकाका सीडीओहरुको सुझाव : शैक्षिक संस्थाहरु तत्कालै बन्द गर्नुपर्छ



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानीका सबै शैक्षिक संस्थाहरु तत्कालै बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले कोरोना महामारीको जोखिम दिनप्रतिदिन स्कुले विद्यार्थी र युवाहरुमा बढ्दै गएको भन्दै सरकारी र निजी सबै शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सीडीओहरुले महामारी विद्यालय तहका छात्रछात्रामा फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले थप संक्रमण फैलिन नदिन अर्को निर्णय नभएसम्म शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने जनाएका छन् ।

तत्काललाई बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने आफुहरुले सुझाव दिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । त्यसपछि पनि जोखिमको अवस्था हेरेर निर्णय लिनुपर्ने सुझाव दिएको पराजुलीले जनाएका छन् । आफुहरुको सुझावलाई सीसीएमसीले गम्भीरतापूर्वक लिएको भन्दै उनले यसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने निर्णय भएको समेत बताए ।

यसैगरी सीडीओहरुले भीडभाड हुने अन्य क्षेत्रलाई समेत मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सीसीएमसीले उपत्यकामा महामारी संक्रमणको अवस्था र जोखिम नियन्त्रणका लागि गर्नुपर्ने उपायबारे सीडीओहरुसँग छलफल गरेको हो । बैठकले आम सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड कडाईपूर्वक पालना गर्न लगाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ५५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको