१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माधव नेपालसहित ४ नेतालाई थप कारवाही गरिने, थप १६ जना एमाले नेतालाई स्पष्टीकरण सोधिने



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै पार्टीको सदस्यबाट निलम्बन गरेका वरिष्ठ नेता माधव नेपाल सहित थप २० जना एमाले नेताहरुलाई एमालेको महाधिवेश आयोजक कमिटीले कडा स्पष्टीकरण सोध्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक समितिको बैठकले नेपाल सहित २० जना अन्य नेताहरुसँग कडा स्पष्टीकरण सोध्ने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

आज बालुवाटारमा जारी बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो।

कारवाहीको लिष्टमा एमाले कर्णाली प्रदेशका प्रभावशाली नेता प्रकाश ज्वाला सहित १६ जनाको नाम दर्ज भएको ती नेताले बताए ।

आज सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो स्पष्टीकरण नआएमा बैशाख १० गते बस्ने बैठकबाट उनीहरुलाई कारवाही गर्ने एमालेको ओली पक्षले तयारी गरेको छ ।

गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

सो १५ सय १ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद बनाउने निर्णय पनि सो बैठकले गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४६ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट