१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

हतियारसहित एकजना पक्राउ



सुनसरी । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए ।

गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ । मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : २४ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट