२९ मंसिर २०८२, सोमबार | December 16, 2025

लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका ४ सांसदलाई जसपाले फिर्ता बोलायो, फिर्ता नभएर सांसद पद खारेज गरिदिने चेतावनी



बुटवल । पार्टीको निर्णय बिपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका ४ जना सभासदलाई स्पष्टीकरण सोधेको छ । (जसपा) ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका पार्टीका चारै सांसदलाई सरकारबाट फिर्ता आउन समेत निर्देशन दिएको छ।

मन्त्रीपरिषदमा सहभागी भएर सपथ खाएको केहिबेरमा नै जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई स्पष्टीकरण सोध्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो।

मन्त्री बनेका चार सांसद पार्टीको निर्देशनविपरित सरकारमा लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सहसराम यादवले जनाएका छन् । उनले सरकारबाट तुरुन्त फिर्ता नभए कानुन बमोजिम कारवाही गर्ने समेत यादवले चेतावनी दिएका छन् ।

सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थियो । अविश्वासको प्रस्ताव दर्ता भएको २ घण्टा भित्रै जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी पोखरेलकै नेतृत्वमा मन्त्री बन्न पुगेका थिए । कल्पना पाण्डे बाहेकका सांसदहरुले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

‘पार्टी निर्णयविपरित शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भई समथ ग्रहण गरेको हुँदा निजहरुलाई यथाशिघ्र सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ जसपाको प्रदेश समितिले आज साँझ प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा लेखिएको छ, यथाशीघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई संसद पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तीमा जानकारी गराइन्छ।’

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको