२० मंसिर २०८२, शनिबार | December 6, 2025

ठडियो ढलेको धरोहर (फोटो फिचर)



काठमाडौं । २०७२ बैशाा १२ गतेको विनाशकारी भूकम्पले ढलाएको धरहरा फेरि ठडिएको छ ।

ऐतिहासिक धरोहर धराहरा नयाँ स्वरुपमा पुनर्निर्माण भएको हो । यही बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भूकम्पको ६ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्न लागेका हुन् । यद्यपी, पुनर्निर्माणको काम भने अझै सकिएको छैन । जसकाकारण प्रधानमन्त्रीले उद्घाटन गरेपनि आम सर्वसाधारणले भने धरहराको टुप्पोमा पुगरे फेरि एकपटक काममाडौंको दृश्यावलोकन गर्नका लागि अझै केही समय कुर्नुपर्ने हुन्छ ।

भूकम्पले ९ तले धरहरा ढलाएको थियो । अहिले २२ तलाको धरहटा ठडिएको छ । पुरानो धरहराको भग्नावशेषलाई सिसाले छोपेर संरक्षण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना रहेको छ ।

उद्घाटनको दिन नजिकिँदै जाँदा नयाँ धरहरामा अन्तिम काम भैरहेको छ । अहिले टुप्पोमा गुजुर राख्ने काम भैरहेको छ भने, फलामे फ्रेमलाई विस्तारै खोलिँदै लगिएको छ । फ्रेम खोलिँदा काठमाडौंको पहिचान बोकेको धरहराको पुरानै रुप देख्न थालिएको छ ।

धरहराको टावर बाहेक अन्य काम पनि धमाधम भैरहेको छ । टावरको रंगरोगनको काम पनि लगभग सकिएको छ । पार्किङ र म्युजियम लगायतका संरचनाको काम भने सकिन अझै लामो समय लाग्ने देखिन्छ ।

 

 

 

 

 

 

तस्बिर : रासस/राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय