१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली र नेपालबीचको बोली बाराबार तोडियो, दुई नेताहरुको भेटवार्ता जारी



काठमाडौं । एमाले दोस्रो पुस्ताका नेताहरुले लगातार दवाव दिएपछि तीब्र संघर्षका मैदानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै टेवलमा बसेर भेटवार्ता गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नै भेट भएको भएको हो ।

आज दिउँसो नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई बालुवाटार पुगेर ओलीसँग लामो छलफल गरेपछि ओलीले माधव नेपाललाई भेट गर्न बोलाएका थिए ।

नागपोखरीस्थित होटल मारियटमा ओली र नेपालबीच बार्ता सुरु भएको र सो बार्तामा अर्थमन्त्री बिष्णु पौडेलको समेत सहभागीता रहेको एमालेका एक नेताले बताए ।

अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत पार्टीका अन्य वरिष्ठ नेताहरुसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेकै बेला पार्टीका दुई शीर्ष नेताबीच भेट हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

ओलीले चलाएको कारवाही प्रक्रिया विरुद्ध नेपाल पक्षले आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउने प्रयास समेत गरेको छ । नेपाल पक्षले तयार गरेको रिट समयाभावका कारण भोलि बिहान दर्ता हुने नेपाल पक्षका कानुन व्यवसायीले बताएका छन् ।

नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने अन्तिम तयारी भइरहेको भनिएका बेला यो भेट भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज