१६ चैत्र २०८२, सोमबार | March 30, 2026

शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजन रोक्न सकिएन : प्रचण्ड



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सन्तुलन आफूहरुको पक्ष नहुँदा पार्टी विभाजन रोक्न नसकिएको बताएका छन् ।

१५० औं लेनिन जयन्ती एवं ७१औं नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजित बनेको बताएका हुन् । प्रचण्डले भने, ‘अहिले शक्ति सन्तुलन त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन । ’

प्रचण्डले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र मूल्य मान्यता मिचेर शक्ति सन्तुलन खल्बलाइएको पनि जिकिर गरे । कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको प्रचण्डले दाबी गरे । ‘तर एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचे’, प्रचण्डले आरोप लगाए ।

प्रचण्डले साविकको नेकपा र संसदीय दलमा आफुहरुले गलत प्रवृतिको नायकलाई कानुनसम्मत ढंगले गलहत्याएको बताए । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा’ प्रचण्डले थपे, ‘सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ? कल्ले ग¥यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

अध्यक्ष प्रचण्डले आफुले विगतमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता गरेर कुनै गल्ती नगरेको जिकिर गरे । उनले गल्ती भयो कि भनेर नसोच्न आग्रह गरे । सकारात्मक मनका साथ पार्टी एकता भएको बताउँदै उनले भने, ‘गल्ती भएको थियो कि एकता गर्ने भनेर सोचियो भने त्यो चाहिँ गल्ती हुन्छ । हामीले एकता गरेर गल्ती गरेको होइन । विलकुल सही गरिएको थियो ।’ उनले प्रतिक्रान्ति, प्रतिगमन र अवसरवादका विरुद्ध लडेर राष्ट्र र जनताको पक्षमा कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अहिले राम्रो अवसर प्राप्त भएको पनि दाबी गरे ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर नभएको समेत दाबी गरे । उनले भने, ‘मैले यो बीचमा सामान्य जनताको घर गाउँमा या कार्यकर्ताहरुको मनोभावना पनि बुझ्ने कोसिस गरिरहेका छौं । उहाँहरुको चाहना माओवादी पहिला जसरी नै आइदियोस् । प्रचण्ड पनि पहिलाकै जसरी आइदियोस् भन्ने भन्ने चाहना छ ।’

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ५४ बजे

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं