३ पुस २०८२, बिहिबार | December 18, 2025

शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजन रोक्न सकिएन : प्रचण्ड



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सन्तुलन आफूहरुको पक्ष नहुँदा पार्टी विभाजन रोक्न नसकिएको बताएका छन् ।

१५० औं लेनिन जयन्ती एवं ७१औं नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शक्ति सन्तुलन आफु अनुकुल नहुँदा पार्टी विभाजित बनेको बताएका हुन् । प्रचण्डले भने, ‘अहिले शक्ति सन्तुलन त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन । ’

प्रचण्डले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र मूल्य मान्यता मिचेर शक्ति सन्तुलन खल्बलाइएको पनि जिकिर गरे । कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको प्रचण्डले दाबी गरे । ‘तर एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचे’, प्रचण्डले आरोप लगाए ।

प्रचण्डले साविकको नेकपा र संसदीय दलमा आफुहरुले गलत प्रवृतिको नायकलाई कानुनसम्मत ढंगले गलहत्याएको बताए । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा’ प्रचण्डले थपे, ‘सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ? कल्ले ग¥यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

अध्यक्ष प्रचण्डले आफुले विगतमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता गरेर कुनै गल्ती नगरेको जिकिर गरे । उनले गल्ती भयो कि भनेर नसोच्न आग्रह गरे । सकारात्मक मनका साथ पार्टी एकता भएको बताउँदै उनले भने, ‘गल्ती भएको थियो कि एकता गर्ने भनेर सोचियो भने त्यो चाहिँ गल्ती हुन्छ । हामीले एकता गरेर गल्ती गरेको होइन । विलकुल सही गरिएको थियो ।’ उनले प्रतिक्रान्ति, प्रतिगमन र अवसरवादका विरुद्ध लडेर राष्ट्र र जनताको पक्षमा कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अहिले राम्रो अवसर प्राप्त भएको पनि दाबी गरे ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर नभएको समेत दाबी गरे । उनले भने, ‘मैले यो बीचमा सामान्य जनताको घर गाउँमा या कार्यकर्ताहरुको मनोभावना पनि बुझ्ने कोसिस गरिरहेका छौं । उहाँहरुको चाहना माओवादी पहिला जसरी नै आइदियोस् । प्रचण्ड पनि पहिलाकै जसरी आइदियोस् भन्ने भन्ने चाहना छ ।’

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ५४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको